१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर

११ असोज, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल र एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्ड हुनेलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । साथै, कोभिड १९ को त्रास अझै कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआई बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १३:४६