१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा अरुण भ्यालीको सेयर मूल्य समायोजन

११ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सोमबार समायोजन गरेको छ ।बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५२३ रुपैयाँ निर्धारण गरेको छ । आज कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २४ असोजमा २४औँ वार्षिक साधारणसभा आह्वान छ । सभा भर्चुअल हुनेछ । सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर ०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निस्काशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १०:३३