१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कर्णाली प्रदेशको सदरमुकाममा एक वर्षमा सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

५ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा  सवारी कारवाहीबाट गतवर्ष रु ८७ लाख ७३ हजार राजश्व संकलन भएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले आव २०७४÷७५ मा सुर्खेत प्रहरीले १४ हजार ९९४ सवारी साधनलाई कारवाही गरेको थियो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सञ्चालन गर्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने सवारी कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । यो अवस्था विगतको भन्दा अझ बढेको उहाँको भनाइ छ ।

त्यस्तै, ४९ सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ६३ गम्भीर घाइते र ५२ सामान्य घाइते भएको उहाँले बताउनुभयो । गएको वर्ष सामान्य दुर्घटना २९२ हुँदा १८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १२:४६