१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० असोज, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि ११ असोजमा बुक क्लोज गर्दैछ । जसअनुसार आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्र २४ असोजमा आयोजना हुने साधारणसभामा लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले लाभांश पारित गर्न २४ असोजबिहान ११ बजे साधारणसभा आह्वान गरेको छ । अरुण भ्यालीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १३:२६