१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडकाे काराेबार

७ असाेज, काठमाडौँ । साताको अन्तिम दिन आज  (बिहीबार) नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ मा पुगेकाे छ । नेप्से ०.१० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ मा पुगेको छ ।

आज दिनभर २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज बैकिङ्ग र फाइनान्स बाहेक सबै समुह राताम्मे भएको छ । आज बैकिङ्ग समुह ४७ र फाइनान्स ८ अंकले बढेको । त्यसैगरी यस दिन सबैभन्दा बढि होटल एण्ड टुरीजम क्षेत्रका लगानिकर्ताले गुमाएका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १५:४४