१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

सानिमा बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

७ असाेज, काठमाडौंँ । सानिमा बैंकले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । असोज ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत (कर प्रयोजन) नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १०:२८