९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ असाेज, काठमाडौँ । रु रु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज ७ गते बिहीबार बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । कम्पनिको १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते बिहान ११ बजे काठमाडौँ महानगरपालीका १ हात्तिसारस्थित कार्यालयमा भर्चुअल माध्यमबाट बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुनेछ । सभाले संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ११:३२