१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बाँकेमा पूँजीगत बजेटको ८२ प्रतिशत खर्च

५ साउन, बाँके । बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४/७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ ।

गत आव २०७४÷७५ मा चालू खर्चतर्पm रु १० अर्ब १७ करोड ४७ लाख र पूँजीगत खर्चतर्फ रु आठ अर्ब तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको थियो । औसतमा जिल्लामा पूँजीगत बजेटको ८१ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुरप्रसाद पौडेलले बताउनुभयो ।

असारमा मात्र चालू खर्चतर्पm रु १० करोड र पूँजीगत खर्चतर्पm रु ३२ करोड भुक्तानीका लागि कोलेनिकाबाट चेक काटिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ०८:२५