३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

चेक क्लियरिङको समय बढ्यो, अब ३ बजेसम्म क्लियरिङ गर्न पाइने

४ असाेज, काठमाडाैँ । नेपाल क्लियरिङ हाउसले सर्वसाधारणको सुविधाको लागी चेक क्लियरिङको समय थप गरेको छ । यसअघि दिउसो १२ बजेसम्म मात्रै चेक बैंक तथा वित्तिय संस्थामा क्लियरिङ हुँदै आएकामा सोमबारदेखी लागु हुनेगरी चेक क्लियरिङ गर्ने समय बढाएर ३ बजेसम्म पुराएको हो ।

सरकारले डिजिटल भुक्तानीलाइ सहज बनाउने बताएसंगै चेक क्लियरिङको अवधी बढाएको हो । यसअघि चेक क्लियरिङ सेवा ३ घण्टा सञ्चालन हुदै आएको मा हाल ६ घण्टा पुगेको छ । अब ग्राहकको हकमा चेक क्लियरिङ बिहान ९ बजेबाट ३ बजेसम्म गर्न मिल्ने छ ।

बैंक वित्तिय संस्थाको ट्रेजरी भुक्तानी साढे ३ बजेसम्म हुने क्लियरिङ हाउसले जारी गरेको सूचनामा उल्लेख छ । अब अन्तर बैंक भुक्तानी प्रणाली एनसीएचएल आईपीएसमा ३ बजेसम्म कारोबार हुने छ ।

थप भएको नयाँ व्यवस्था अनुसार आइतबारदेखि बिहीवारसम्म आईपीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ । उक्त प्रणलीमा बिहान ९ बजेदेखि दिउँस ३ बजेसम्म (आइतवारदेखि बिहीबारसम्म नेपाली रुपैयाँ र सोमवारदेखि बिहीवारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टि प्लस जिरो) नै फर्छौट गर्ने छ ।

आईपीएस प्रणालीमा ५९ ओटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । जसमा प्रतिकारोबार २० करोड र सरकारी भुक्तानी ३० करोड रुपैयाँ सम्म गर्न मिल्छ ।

यस्तो छ नेपाल क्लियरिङ हाउसले जारी गरेको कारोबार समय सीमा परिवर्तन भएको सम्बन्धी सुचना :

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १८:०९