१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

११४ अंकले ओरालो लाग्यो नेप्से, ८ अर्ब ४९ करोडकाे काराेबार

४ असाेज, काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको छ । नेप्से ४.०५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा झरेको छ ।

आज दिनभर २२५ कम्पनिको १७ करोड ३ लाख ३० हजार सय ३८ कित्ता शेयर १ लाख ७ हजार ५ सय ९६ पटक किनबेच हुदा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सबै समुह घटेर राताम्मे भएको छ । आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन जिवन विमा समुह ८ सय निर्जिवन विमा समुह ६१४, विकास बैंक ३३२, फाइनान्स २२९,हाईडोपावर २२०, व्यापार समुह १५६, होटल एण्ड टुरीजम १५८ अंकले घटेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १६:१७