१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ असाेज, काठमाडौँ । नेपाल ल्युब आयल निगमको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (भदौ ४ गते, सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारसभामा सहभागि हुन र लाभाश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त बैठकले लभांश पारित गर्न ३० औं वार्षिक साधारणसभा पनि बोलाएको छ । संचालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भच्र्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि गर्ने भएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीकाे आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्नेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:४८