१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ङादी ग्रुपको साधारण सभाले पारित गर्यो २० प्रतिशत लाभांश र हकप्रदको प्रस्ताव

३ असाेज, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद लाभांश गरि कुल २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।

त्यसैगरी सभाले २० प्रतिशत बोनश शेयर वितरण गरेपछि कायम हुने चुक्ताँ पुजीको १ः२ को अनुपात अर्थात ७० करोड ६९ लाख ६२ हजार ३ सय ६० को २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा साधारण सभा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १७:०३