१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सेञ्चुरी क्यापिटलले ६.२५ प्रतिशत लाभांश वितरण गर्ने

३ असाेज, काठमाडौँ । सेञ्चुरी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले गरेको ५ औँ वार्षिक साधारण सभा असोज २४ गते, आइतबार आर्यतारा भवन, कमलादी, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।

क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको ६.२५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १५:३४