१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लक्ष्मी क्यापिटलले बोलायो साधारण सभा, नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश

३ असाेज, काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केटको १३ औ वार्षिक साधारण सभा बोलाएको छ । क्यापीटलले असोज २४ गते १३ औं साधारण सभा गर्न लागेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ भने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पेश गर्ने कम्यापीटलले जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत निर्धारण गर्ने छ । साधारण सभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १४:१७