१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, यस्ता छन् एजेण्डा

३ असाेज, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले असोज २३ गते २० औँ वार्षिक साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले हाल कायम चुक्ता पूँजी २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

लघुवित्तले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १२:४८