४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

माधव नेपालका पितादेखि झलनाथ खनालसम्म विभुषित हुने (९०३ जनाको नामसहित)


३ असोज, काठमाडाैँ । सरकारले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गर्ने निर्णय भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ । उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् । त्यस्तै प्रवल जनसेवाश्री नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पिता स्वर्गीय मंगलप्रसाद उपाध्याय नेपाललाइ पनि प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०९:३१