१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कर्मचारी खर्चको भारले एनएमबि माइक्राेफाइनान्स घाटामा

४ साउन,काठमाडौ । १४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको अघिल्लो बर्षको तुलनामा नाफा २४.८१ प्रतिशतले कम छ । ब्याज खर्च १०८ प्रतिशत र कर्मचारी खर्चमा भएको बृद्धिका कारण माइक्रोफाइनान्सको नाफा घटेको हो ।

एनएमबि माइक्रोफाइनान्सले आर्थिक वर्ष ०७४ र ०७५ को चौथो त्रैमाससम्ममा तीन करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष कम्पनीले ४ करोड ५३ लाख खुद नाफा कमाएको थियो । एनएमबिले ११ करोड तीन लाख रुपैयाँ सञ्चित गरेको छ ।

असार मसान्तसम्म माईक्रोफाइनान्सले ६९ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । एनएमबिले बैंकहरुबाट एक अर्ब ६८ करोड सापट लिएको छ ।

माइक्रोफाइनान्सले यसअवधिमा खुद ब्याज आम्दानी १६ करोड ७२ लाख रुपैयाँ गरेको छ । यो गत बर्ष भन्दा २१.४९ प्रतिशतले बढी हो ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा २.५९ प्रतिशत प्रति सेयर आम्दानी २४ रुपैयाँ २२ पैसा, मूल्य आम्दानी अनुपात ६६.८९ गुणा र प्रति सेयर नेटवर्थ १७८ रुपैयाँ ३४ पैसा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १३:२२