६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

फरक क्षमता भएका बालबालिका लागि नेपाल बैंकको सहयोग

३१ भदौ, काठमाडौँ । नेपाल बैंक लिमिटेडले फरक क्षमता भएका बालबालिका लागि सहायोग गरेको छ । बैंकले काभ्रेको मैत्री समाज नेपाललाई आर्थिक सहयोग सहितको सामग्री सहयोग गरेको हो ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको धुलिखेल स्थित सन्जिवनी माध्यमिक बिध्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागी २० थान स्कुल ब्याग तथा २० थान र Interpoint Braille Slate of A Grade उपलब्ध गराएको हो ।

प्रवक्ता अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई चालिस हजार रुपैयाँ बराबरको सामाग्रीहरु हस्तान्तरण गरेका छन । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव केशव भण्डारीे समेत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ००:३४