१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

  एकै दिन बैंकमा थपियो ५० अर्ब, तरलता ११५ अर्ब पुग्यो

४ साउन ,काठमाडौं ।  तरलता बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात सीआरआर सीमा घटाएपछि शुक्रबार एकै दिन बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थप भएको छ ।

केन्द्रीय बैंकले ६० दिने निक्षेप उपकरणमार्फत प्रतिस्पर्धाबाट १५ अर्ब रुपैयाँ उठाउदै छ ।  बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको सीआरआर घटाएर ४ प्रतिशत कायम गरेपछि बैंकिङ प्रणालीमा तरलता बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंककाे तत्कालका लागि लगानीयोग्य पुँजीको समस्या समधान भएको छ । गत असारसम्म वाणिज्य बैंकले ६, विकास बैंक र वित्त कम्पनीले ५ प्रतिशत सीआरआर कायम गर्नु पर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १२:३७