संसदमा एमालेको अबरोधकाबीच तीन अध्यादेश पारित
२५ भदाै, काठमाडाैँ । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो ।
एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।
एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १४:४३