४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा

२५ भदाै, काठमाडाैँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो वर्ष १८ प्रतिशत बोनस सेयर दिएको थियो । कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गर्नेछ ।

साधनाले हाल कायम २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १२:३५