१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घुस लिएको आरोपमा गुठी कर्मचारी जयकुमार राउत पक्राउ

३ साउन,बर्दिवास । महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारी आज ३५ हजार घुस लिएको आरोपमा थलोमै पक्राउ परेका छन् ।

असुली सहायक जयकुमार राउत शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको भनिएको रकमसहित नियन्त्रणमा लिएको हो । अभियुक्त शर्माले सेवाग्राहीसँग गुठीअन्तर्गतको जग्गाको धितो फुकुवा गराइदिने भन्दै घुस मागेको आयोगले आरोप लगाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार १८:५४