२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले अध्यक्ष ओलीको रिटमा सर्वोच्चले अग्नि सापकोटालाई बोलायो

२२ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ २८ गते बोलाएको छ ।

नेकपा एमालेले १४ सांसदलाई दलबाट निष्कासन गर्ने निर्णयलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिई छलफलका लागि बोलाएको हो ।

रिटमा निवेदक अध्यक्ष ओलीले १४ सांसदलाई दलबाट निष्कासन गर्ने पार्टीको निर्णयमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको थियो । सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न भदौ २८ गते दुवै पक्षलाई बोलाउन आदेश दिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १५:५३