२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

मकवानपुरमा ३५ जनप्रतिनिधिले एमाले परित्याग गरे

२१ भदौ, मकवानपुर । नेकपा एमाले छोडेर मकवानपुरमा आज मात्रै १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एक पालिकाका अध्यक्षसहित १० जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरूमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा-१ की सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-५ का अध्यक्ष धनराज महर्जन रहेका छन्।

यस्तै थाहा नगरपालिका वडा नम्बर-११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर-५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर-५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिकाकी सदस्य दुर्गावती थोकर र मन्जु रुम्बाले एकीकृत समाजवादी रोजेका छन्।

यसअघि बिहीबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सखानत गरिसकेका छन् । योसँगै मकवानपुरमा आजसम्म ३५ जनाले एमाले परित्याग गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार २२:४७