२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

देउवा सरकारकाे प्रस्ताव ओलीद्धारा अस्विकार

२१ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्की केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न बालकोट पुगेका थिए । मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए । कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने पनि बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १९:३७