२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जनगणनाको संशोधित कार्यतालिका स्वीकृत गर्ने लगाएत यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

२१ भदाै, काठमाडाैँ । सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हाे ।

यस्तै, बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ । सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साे जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय यस्ता छन्:

–राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने

–अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहूलीयत पूर्ण ऋण सहायत स्वरुप प्राप्त ५ अर्ब ५४ करोड रुपैयाँ स्वीकार गर्ने

–अन्तर्राष्ट्रिय विकास सहायता मार्फत् नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलीयन अमेरीकी डलर सहायता स्वीकार गर्ने

–दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने

–विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने

–आर्थिक वर्ष २०७८/०७९ का लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने

–निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गरिने

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १८:५५