२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

२ लाख घुससहित काठमाडौँ १४ का वडा सदस्य महर्जन रंगेहात पक्राउ

२१ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।कंलकी-१४ बाट वडा सदस्य वसन्त महर्जनलाई २ लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानकाे टाेलीले रंगेहात पक्राउ गरेकाे हाे ।

कंलकीकाे खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। वडा सदस्य महर्जनले मैतीदेवीकाे जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै उनले सेवाग्राहीसँग २ लाख रकम मागेका थिए। उनीमाथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १८:२२