२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

चट्याङ लागेर ओखलढुंगा ७ जना घाइते, ३ जनाकाे अवस्था गम्भीर

२१ भदाै, ओखलढुंगा । सिद्धिचरण नगरपालिका-१० मा आइतबार राति परेकाे चट्याङ लागेर सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाकाे अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएकाे वडाध्यक्ष दामाेदर धमलाले बताए । आइतबार राति भीषण वर्षासँगै परेको चट्याङ लागेर सातजना बेहोस भएकाे धमलाकाे भनाइ छ ।

चट्याङ लागेर विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्का गम्भीर घाइते भएका हुन् । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने सामान्य रहेको स्थानीयकाे भनाइ छ ।

चट्याङले पशु चाैपायामा समेत क्षति गरेकाे छ । बाँधेका ठाउँमा दर्जनभन्दा बढीको संख्यामा पशुचौपाया मरेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १३:०९