२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले छाड्नेलाई भेंडाच्याङ्ग्राको संज्ञा दिँदै सूर्य थापाको प्रश्नः कति पैसा बुझेर घात गरेको ?

२१ भदाै, काठमाडाैँ । नेकपा (एमाले) प्रभावशाली युवा नेता एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीबाट निर्वाचित भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने सांसद र जनप्रतिनिधिलाई भेंडाच्याङ्ग्राको संज्ञा दिँदै गम्भीर प्रश्न गरेका छन ।

सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत नेता थपाले यस्तो प्रश्न गरेका हुन । उनले नेकपा (एस) रोज्ने संघीय सांसद र प्रदेश सभा सदस्यहरुको सूची राख्दै उल्लेख गरेका छन, ‘हरेक निर्वाचन क्षेत्रमा देउवाबाट कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ? मतदाताहरुले प्रश्न सोधौं र जवाफ खोजौं, सबैको नाम भरेर मतदातामा सम्प्रेषण गरौं ।’

यस्तो थापाको टिप्पणी 

नेकपा एमाले र सूर्य चिन्हबाट चुनाव जितेर पार्टी विभाजनकाे पक्षमा बिक्री भएका ६ प्रदेशसभा र संघीय संसदका भेंडाच्याङ्ग्रा सदस्यहरूकाे संख्या-
प्रदेश-१-१०,
बागमती-१२,
सुदूरपश्चिम-१३,
प्रदेश-२-१३,
लुम्बिनी-१,
कर्णाली-३,
गण्डकी-०,
संघीय संसद-२९,
जम्मा-८१ जना
हरेक निर्वाचन क्षेत्रमा देउवाबाट कति नगदनारायण बुझेर पार्टीलाई घात गरेकाे ?
मतदाताहरूले प्रश्न साेधाै र जवाफ खाेजाैं !
सबैकाे नाम भरेर मतदातामा सम्प्रेषण गराैं!!

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०८:४४