२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भीम रावलको गृह जिल्ला अछाममा ८ वडा सदस्यसहित १३ ले छाडे एमाले

२० भदाै, अछाम । अछाममा हालसम्म १२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन कार्यालय पुगेर आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।

साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । ‘अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गर्नुभएको छ’, निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले भने । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् ।

साँफेबगर नगरपालिकामा एमालेबाट विजयी आठ वटै वडा अध्यक्षहरूले भने मूल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।
अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा एमालेमै रहेका छन् ।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजिसकेक छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार २३:२०