२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

माधव नेपालको पार्टीमा नुवाकोटबाट एक जना वडा सदस्यको मात्रै सनाखत

१९ भदौ, नुवाकोट । नेकपा एमालेबाट विभाजित भएर गठन भएको माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नुवाकोटबाट एक जना वडा सदस्य खुलेकी छिन ।

एमालेबाट तादी गाउँपालिकाको वडा नम्बर ३ मा वडा सदस्यमा निर्वाचित एक जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा पुगेर सनाखत गरेकी हुन ।

माधव नेपालको पार्टीमा खुल्नेमा रामकुमारी श्रेष्ठ रहेकी छिन् । उनी वडा सदस्यमात्र हुन । उनी जिल्ला कमिटी सदस्य अर्जुन श्रेष्ठकी बहिनी हुन । सोही पालिकाबाट स्थानीय तहमा एमालेबाट पराजित भएका केपी लामिछानेले आफ्नो इज्जत जोगाइदिन अनुरोध गरेपछि श्रेष्ठले नेकपा एस रोजेको बताइएको छ । २२ गतेसम्ममा केही वडा अध्यक्ष खुल्ने सम्भावना रहेको  छ ।

संघीय संसदका एक र प्रदेशसभाका तीन सांसद भने एमालेमै रहने निश्चित भैसकेको छ । स्थानीय तहका जनप्रतिनिधि मध्ये अब केही वडा सदस्य र केही वडा अध्यक्षमात्र नेपालको पार्टीमा खुल्ने सम्भावना रहेको छ ।

सरकारले एमाले विभाजनका लागि जारी गरेको अध्यादेशमा २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्नुपर्ने उल्लेख गरेको छ । सो अनुसार यही भदौ २२ गतेसम्म जनप्रतिनिधिका लागि दल रोज्ने समय रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार २२:०४