२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्धा ‘हेर्न नभ्याइने’मा

२० भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको मुद्दालाई सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको हो । ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरेका छन् ।

सभामुखले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्‍याएर गरेको निर्णय कानुनविपरीत रहेको जिकिर रिटमा गरिएको छ ।एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ । दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १४:२३