२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रतिनिधसभा र राष्ट्रियसभा दुबैको बैठक भदाै २३ गते दिउँसो ४ बजे बस्ने

१९ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने आह्वान गरिएको छ ।

अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइने छ ।

संसद् अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार २२:३६