२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमसीसीकी उपाध्यक्ष बोलाएको सरकारले २३ भदाैमा संसद् बैठक डाक्यो

१९ भदौ, काठमाडाैँ । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले एमसीसीको उपाध्यक्ष फातिमलाइ नेपाल भ्रमणको निम्तो दिएर संसद अधिवेशन सिफारिस गरेको हो । यसअघि सरकारले गृह मन्त्रालय मार्फत विज्ञप्ति जारी गर्दै एमसीसीको बिरोध गरे जेल हाल्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १८:०२