२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

नेकपा एमालेका अध्यक्ष ओलीलाई ज्वरो, सबै कार्यक्रम रद्द

१९ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष ओलीलाई ज्वरो देखिएको छ । ज्वरोसँगै ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट रद्द गरिएको छ ।

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको थियो र उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा त्यस कार्यक्रममा ओली जान नसक्ने जानकारी दिइएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १३:३३