२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

गएरातिदेखि पहिरोले बन्द भएको छहरे-टोखा सडक अझै खुलेन

१९ भदाै, काठमाडाैँ । शुक्रबार रातिदेखि सडक माथिबाट खसेको पहिरोले बन्द भएको नुवाकोट काठमाडाैँ जोड्ने छहरे-टोखा बन्द भएको छ । पहिरोले सडक बन्द हुँदा सयाैँ सवारी अलपत्र परेका छन ।

छहरे-टोखा सडक खण्डको गुरूङ गाउँ नजिकै ठूला ठूला ढुंगासहित खसेको पहिरो भएका कारण पन्छाउन समेत समय लागेको प्रहरीले जनाएको छ । यात्रुहरू भने गाडी छाडेर हिडेँरै गन्तव्यतर्फ लागेका छन ।

पहिरो पन्छाउन भोलि बिहानसम्म लाग्न सक्ने अनुमान गरिएको छ । तस्बीरः राधेश्याम खतिवडा/पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ चितवन

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १२:४८