२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सत्तामा पुग्न र टिक्क नेताहरुमा आत्मसमर्पणवादी प्रवृत्ति मौलायोः कमल थापा

१८ भदाै, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्ति मौलाएकाे र यसले  मुकुकको हित नगर्ने बताएका छन् ।

मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न नसकिने भन्दै थापाले भने -“जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ” ।

धर्म,सस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भब नहुने भन्दै थापाले राष्ट्रियता , स्वाधिनता सङ्गै धर्म ,सस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आबश्यकता औल्याए। लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबल सहित स्थानीय तहको निर्बाचनको तयारी सहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा ,सागर थापा, बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १३:३७