२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमसीसीसँग देउवाले राष्ट्रघाती सम्झौता गर्ने तयारी गरेको भीम रावलको खुलासा

१८ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीसँग राष्ट्रघाती सम्झौता गर्ने तयारी गरेको खुलासा गरेका छन । ट्वीट मार्फत उपाध्यक्ष रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको उल्लेख गरेका छन ।

हरेक जनताले एमसीसीकाे बारेमा जानकारी पाउने गरी बहसको सर्जना गरेका उपाध्यक्ष रावलले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई देउवाले राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र गरेको बताए । देउवाले एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमरलाई निमन्त्रणा दिएर नेपाल बोलाएका छन ।

उपाध्यक्ष रावलले भनेका छन, ‘नेपालमा द्वन्द्वपछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ । सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ०९:५१