२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रधानन्यायाधीशको टुंगो नलागेसम्म संवैधानिक इजलासका मुद्दा अघि नबढाउन सर्वोच्चको आदेश

१७ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नै पर्ने माग सहित परेको रिटमा प्रधानन्यायाधीश बस्न मिल्ने/नमिल्ने भन्ने मुद्दाको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाई नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उक्त आदेश गरेको हो। आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:४१