२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

कैलालीमा शुक्रबारदेखि हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित

-मोहन जोशी

१७ भदौ, धनगढी । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा शुक्रबारदेखि सुरु हुने भनिएको वडा अधिवेसन स्थगित गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिले बिहीबार अर्को सूचना जारी नहुँदासम्म वडा अधिवेशन स्थगित गरिएको जनाएको छ ।

वडा अधिवेशन स्थगित गरिनुमा जिल्लामा हालसम्म क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको कारण देखाइएको छ । कांग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार क्रियाशील नामावली आइपुगेमा २२ भदौमा वडा अधिवेशन गरिनेछ । वडा अधिवेशनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।

कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले २२ भदौपछि मात्रै कैलालीमा वडा अधिवेशन हुन सक्ने बताए । ‘क्रियाशील सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेको छ,’ उनले भने, जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएकोछ ।’

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १४:०७