१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रीमा

१७ भदाै, काठमाडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ४ लाख ९५ हजार ८ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका जनाएकाे छ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे मुख्य कार्यालय, डिल्लीबजार, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

साे अवधिमा सेयर खरिदका लागि आवेदन नपरेमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुन बमाेजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १३:३१