२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

१७ भदाै, काठमाडाैँ । पूर्व गृह सचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ वर्षिय रेग्मीको हृदयघातका कारण बिहीवार बिहाननिधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उनले २०३४ सालदेखि २०५९ सालसम्म निजामति सेवामा बिताएका थिए । रेग्मीलाई प्रशासन क्षेत्रमा स्पष्ट वक्ता र कुशल प्रशासकका रुपमा चिनिन्छ । उनले सचिवमध्ये वरिष्ठ हुँदाहुँदै पनि २०५९ सालमा मुख्यसचिव नियुक्ति नभएका कारण  सेवाबाट राजीनामा दिएका थिए । शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका रेग्मीले लामो समय गृह मन्त्रालयमा रहेर काम गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १३:२०