२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु

१६ भदौ, काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । बुधबार साँझ ६ः५१ बजे उनको उपचारका क्रममा  मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्, ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ ।

दुर्घटनामा घाइते भएकी निशालाई घरमै रहेका बेला नर्भिक अस्पतालले गत जेठ २७ गते उद्धार निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेकाे भन्दै यसअघि अस्पतालले विज्ञप्ति जारी गरेकाे थियाे ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार २०:१७