२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

दैलेखबाट माओवादीका आधा दर्जन नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

१६ भदौ, दैलेख । दैलेखमा नेकपा माओवादी केन्द्रका दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लागेर आफु एमालेमा प्रवेश गरेको विश्वकर्माले बताए । ‘देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ’, उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवारसमेत रहेका विश्वकर्मा एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १७:१८