२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काेराेना अपडेटः २०५२ संक्रमित थपिए, २० जनाको मृत्यु, ३०३० संक्रमणमुक्त

१६ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १०६१२ जनाको पीसीआर परीक्षण गर्दा १६४८ र ४३२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जना गरी थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। सोही अवधिमा ३०३० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १६:५८