२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रदेश २ का ११ सांसदले गरे लोकतान्त्रिक समाजवादीमा सनाखत

१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर ११ जना सांसदले सनाखत गरेका हुन् ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् । बुधबार ११ जना सांसदले सनातखत गरेको र अन्य सांसदले भोलि सनाखत गर्ने बताइएकाे छ । दल रोज्नका लागि निर्वाचन आयोगले  जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १६:४६