२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काठमाडौँ उपत्यकामा भोलिदेखि फिल्म हल खुलाउन पाउने

१६ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका सीडीओहरुको आज बसेको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको जानकारी दिए । यस्तै बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १५:०८