२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रदेश १ मा १० जनाले गरे एकीकृत समाजवादीमा सनाखत

१६ भदौ, विराटनगर । नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर १० जनाले सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।

जसअनुसार बुधबार प्रदेश १ का सांसदहरुले आफ्नो दल रोज्न निर्वाचन आयोग पुगेका हुन् । एमालेबाट राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, पदमकुमारी गुरुङ, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गरिसकेका छन् ।दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:५९