१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

गोर्खाज फाइनान्सलाई साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौ, काठमाडौँ । आगामी भदौ २४ गते हुने गोर्खाज फाइनान्सको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते बोलाएको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा भदौ २४ गते होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बोलाएको छ ।

कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी गरेका थिए । उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारण सभा रोक्न फाइनान्सलाई पत्राचार गरेको हो ।

यसअघि बैंशाख २१ गते बस्ने भनिएको कम्पनीको सभा स्थगित भएको थियो । संचालक समितिको बैठकले बैशाख २१ गते बस्ने संस्थाको २६ औं वार्षिक साधारण सभा आयोजन गर्ने सन्दर्भमा कोरोना महामारीका कारण स्थगित गरेको थियो । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू सभाले छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:२५