२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एसका नेता खनाल भेट्न डल्लु पुगे प्रचण्ड

१६ भदाै, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डल्लुस्थित उनको निवास पुगेका छन ।

बुधबार बिहान डल्लुस्थित खनालकै निवासमा पुगेर प्रचण्डले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकाे स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए । त्यसक्रममा अध्यक्ष प्रचण्डले नेता खनालको स्वास्थ्यलाभको कामना गर्दै समसामयिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १०:१८